Rule 14
जाँचबुझ समिति
कुनै स्वास्थ्य व्यवसायीले नियम १३ बमोजिम पेशागत आचरणको 
उल्लंघन गरेको वा ऐनको दफा १९ बमोजिम परिषद्को दर्ता किताबमा स्वास्थ्य
व्यवसायीको रूपमा नाम दर्ता गराएको भन्ने कुरा कुनै माध्यमबाट परिषद्लाई जानकारी
हुन आएमा परिषद्ले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी प्रतिवेदन पेश गर्न कुनै
सदस्यको संयोजकत्वमा एक वा तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नेछ ।